प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको नारायणी कलेजमा आगलागी

२०८० चैत्र १३, मंगलबार २०:४४ बजे

हेटौंडा – हेटौंडाको नारायणी कलेजमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका९१०, स्थित तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा विद्युतको लाइन सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज साँझ ५ बजेर २५ मिनेटको समयमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमक, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार आगलागीबाट एक कोठा बराबरको जस्तापाताको क्षति भएको छ भने आगलागीबाट मानवीय क्षति भएको छैन ।