हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका विश्व लामा ३ हजार ४७२ मत ल्याए । निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामा ४७९ मतमै सिमित रहे ।
त्यस्तै उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामा ३ हजार ७२५ मत सहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याएर हार ब्यहोरिन् ।
त्यसैगरी पाँच वडा रहेको इन्द्रसरोबरमा ३ र ४ वडा एमालेले जितेको छ भने १,२ र ५ वडामा कांग्रेसले जितेको छ ।
अध्यक्ष उपाध्यक्षमा कसले कति मत ल्याए ?

