प्रहरीले लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–२ बाट ३ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान ११ बजेको समयमा प्रहरीले १ ग्राम ३४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो ।
हेटौँडा–२ स्थित २४ वर्षीया पुजा श्रेष्ठको घरबाट लागुऔषध कारोबारको सूचना सहित प्रहरीले छापा मार्दा लागूऔषधसहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ । खोजतलास गर्ने क्रममा प्रहरीले घरधनी पुजासहित हेटौँडा–१ का २० वर्षीय रिकेश तन्दुकार र २४ वर्षीय रितिक भन्ने राजीव तन्दुकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।