प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा टिपर दुर्घटना

२०८० माघ २३, मंगलबार ०७:३० बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ बाघझोरामा मंगलबार बिहान टिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा टिपर चालक हेटौंडा उपमहानगरपालिका वडा नं.६ चौघडा बस्ने २० बर्षीय काशी राज सिलवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान ५ बजेर ५० मिनेटको समयमा हेटौंडाबाट भैसेतर्फ जाँदै गरेको बा.प्र.०३–००१क ५४३ नम्बरको खाली टिपर आफै अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेको हो ।

टिपर दुर्घटनामा घाइते भएका सिलवालको शरिरको भित्री भागमा चोट लागेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।