प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा मोटरसाइकलले सापकोटालाई ठक्कर दियो

२०८० कार्तिक १०, शुक्रबार ११:४८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ चौकीटोलमा बिहिबार मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् ।

हेटौंडा–भैसे सडकखण्ड अन्तर्गत भैसे तर्फबाट हेटौंडा तर्फ आउदै गरेको ना.४५प ४० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदलयात्री स्थानीय ६७ बर्षीय अर्जुन प्रसाद सापकोटालाई ठक्कर दिएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट सापकोटाको टाउको र खुट्टामा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।