प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जबरजस्ती करणी अभियोगमा टोप बहादुर रायमाझी पक्राउ

२०८० बैशाख ९, शनिबार १०:५१ बजे

हेटौंडा – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–१ चङ्घाट बस्ने ३४ वर्षीय टोप बहादुर रायमाझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रायमाझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।