प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आज यि प्रदेशमा हल्का वर्षाको सम्भावना

२०८० कार्तिक ३, शुक्रबार ०८:४९ बजे

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।आज राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।