प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कस्तो रहला दिनभरको मौसम ?

२०८१ बैशाख २१, शुक्रबार ०७:०६ बजे

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

भोलि दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।