हेटौंडा – कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको बकैंया गाउँपालिका वडा नं.१२ स्थित चौतारा भन्ने स्थानमा भएको कार दुर्घटनामा परेका तीन जनाको अचेत अवस्थमा उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक(प्रवक्ता) लक्ष्मी भण्डारीका अनुसार इलाका प्रहरी कार्यालय ठिंगन सहितको टोली घटनास्थलबाट अचेत अवस्थमा उद्धार गरिएका तीन जनाको गरेको हो । उनीहरुलाई अस्पताल पठाउने तयारी भइरहेको उनले बताएका छन् ।
शनिबार बिहान साँढे ७ बजेको समयमा ललितपुरबाट हेटौंडातर्फ आउदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार आफै अनियन्त्रित भएर सडकबाट ४००/५०० मिटर तल खसेर दुर्घटना भएको प्रवक्ता भण्डारीले बताए । घाइते तीनै जनाको हाल नामथर वतन खुलेको छैन ।