प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा प्रहरी परिचालन सम्बन्धि अन्तरक्रिया

२०७९ कार्तिक २९, मंगलबार ११:५१ बजे

हेटौंडा – बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मकवानपुरमा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिएकी छन् ।

मंगलबार २०७९ साल मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुरमा प्रहरी परिचालनको अवस्थाबारे जानकारी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा आयोजित एक कार्यक्रमकाबिच बज्राचार्यले निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन दिएकी छन् ।

साथै, निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग समेत आवश्यक छलफल गरेकी थिइन् ।