प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा बस्नेत मृत भेटिए

२०८० भाद्र ३१, आईतबार ०२:२६ बजे

मकवानपुर – मकवानपुरको थाहा नगरपाकिला वडा नं.९ टाँकाटारस्थित बारीमा शुक्रबार एक पुरुषको मृत भेटिएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार स्थानीय ५६ बर्षीय रामभक्त बस्नेत मृत भेटिएका हुन् ।

उनी आफ्नै घरदेखि करिब एक सय मिटर दक्षिणतर्फ बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।