हेटौंडा – चोरी गरेको मोटरसाइकल सहित दुई युवकलाई काठमाडौं बौद्धबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर झुरझुरे गाँउपालिका–४ घर भई काठमाडौं जोरपाटी बस्ने २३ वर्षीय करण बोम्जन र मकवानपुर बागमती गाँउपालिका–४ घर भई हाल काठमाडौं गोठाटार बस्ने २६ वर्षीय नविन लोप्चन रहेका छन् ।
काठमाडौं जोरपाटीबाट हराएको प्रदेश ३–०२–००९ प ४९ ०९ नम्बरको मोटरसाइकलमा नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको बताईएको छ ।