हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ हात्तिलेटमा बोलेरो गाडीले साइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.६ चौघडा बस्ने अन्दाजी १८ बर्षीय आषिश रम्तेल रहेका छन् ।
टाउकोमा चोट लागेकोे रम्तेलको हेटौंडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार धरान–चतरा सडकखण्डमा चौघडाबाट चिसापानी तर्फ जादै गरेको ना ३ च ६६६४ नम्बरको बोलेरो पिकअप गाडीले चिसापानीबाट हात्तिलेटतर्फ आउदै गरेको साईकललाई ठक्कर दिँदा रम्तेल घाइते भएका थिए ।
पिकअप र पिकअप चालक हेटौंडा उपमहानगरपालिका वडा नं.६ गौरिटार बस्ने ३२ बर्षीय बिजय परियार र साईकल प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।