हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट शनिबार बिहान प्रहरीले कोब्रा पटाका र सुर्ती नियन्त्रणमा लिएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत रातोमाटेबाट खटिएको चेकिङ टोलीले रौतहट गौरबाट हेटौंडातर्फ आउदै गरेको ग १ ख ८८४८ नम्बरको यात्रु बाहक बसबाट विभिन्न प्रकार पटाका र अवैध सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चेकजाँच गर्ने क्रममा बसको यात्रु बस्ने सिट मुनि लुकाई छिपाई राखेको ४०० प्याकेट (१ प्याकेटमा २८ पिस) कोब्रा पटाका र करिब १० किलोग्राम सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।