प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भीरबाट लडेर निरौलाको मृत्यु

२०७९ चैत्र २४, शुक्रबार ०३:४२ बजे

फिदिम – पाँचथरको मिक्लाजुङ गाउँपालिका २ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय डिल्लीराम निरौला रहेका छन् ।

चैत २१ गते मिक्लाजुङ १ स्थित घरबाट निस्किएका निरौला फर्केर नआए पछि खोजी गर्ने क्रममा स्थानीयले दुई दिनपछि बिहीबार मिक्लाजुङ २ को कमेरे भीर नजिकै मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मिक्लाजुङ ६ तिन तले स्थायी ठेगाना भएका निरौला वडा नम्बर १ मावि टोल नजिकै पसल गरेर बसेका थिए । घट्नाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।