हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
भीमफेदी भैसे हेटौडा सडकखण्डमा भीमफेदीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६१ प ७९३३ नम्बरको मोटरसाइकल र हेटौंडाबाट भीमफेदी तर्फ जादै गरेको विआर ०१ एचएफ ६८०४ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घाइते हुनेमा ७९३३ नम्बरको मोटरसाइकल चालक भीमफेदी–५ अघौटे बस्ने बर्ष २८ को आकाश स्याङबो, बर्ष ५३ को शन्त बहादुर
स्याङबो र भारतीय मोटरसाइकल चालक घर भारत भएका बर्ष २६ को मोहम्द मोनु रहेका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।