हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पुर्व–पश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्कबरबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कास्की पोखरा–११ फुलवारी बस्ने ३३ वर्षीय निर्मला अधिकारी रहेका छन् ।
शुक्रबार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ए यस २५ डिसी ०२१२ नम्बरको खाली ग्यास बुलेटले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कास्की घर भएका ३१ वर्षीय सुवास गुरुङ र मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३३ वर्षीय निर्मला अधिकारी घाइते भएका थिए ।
जसमा अधिकारी घाइते भएकोमा निज निर्मलाको उपचारको क्रममा हेटौंडा स्थित चुरिहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ग्यास बुलेट, ग्यास बुलेट चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन् । घट्नाको बारेमा थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।