हेटौंडा – धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बामगती गाउँपालिका वडा नं.४ बागमती पुल नजिकै स्कारपिओ दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
मिति २०८१।०४।१४ गते अं। ०८स्३० बजेको समयमा जिल्ला मकनपुर बागमती गा।पा। ४ बागमती पुल नजिकै धरान चतरा सडक खण्डमा
सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको विएडी ७३४६ नम्बरको स्कारपियो सोमबार बिहान आफै अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेर दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेहरुमा चालक उदयपुर कटरी नगरपालिका–४ तल्लो कटारी बस्ने वर्ष ३६ को दीपक परियार, मोरङ बिराटनगर बस्ने वर्ष ५६ कि लक्ष्मी थापा, वर्ष ६८ को हरि थापा, उदयपुर कटारी–४ तल्लो कटारी बस्ने वर्ष ५३ को राजिप थापा र वर्ष ४९ कि पुष्पा थापा घाइते रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको छ ।सांकेतिक तस्बीर