प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एकै परिवारका चार जना मृत भेटिए

२०७९ श्रावण १६, सोमबार ०८:४३ बजे

काठमाडौं – तारकेश्वर नगरपालिका– २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार दिनेशकी पत्नी, छोरा र छोरी आशिकाको शव एउटा कोठामा भेटिएको थियो भने दिनेशको शव अर्को कोठामा भेटिएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ ।