हेटौंडा – बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको विरगंज महानगरपालिका २३ का २२ वर्षीय राजन कुमार पटेल रहेका छन् ।
गम्भीर घाइते भएका पटेललाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । पटेलले चलाएको ना ६४ प ९१६७ नम्बरको मोटरसाइकल गएराती सवा १२ बजे अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।