प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

वनमौरीको टोकाईबाट एक जनाको मृत्यु

२०७९ कार्तिक २७, आईतबार १३:२६ बजे

काठमाडौं – सिरहाको गोलबजारमा वनमौरीको टोकाईबाट वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–२ गुरुधामकी ७५ वर्षीया रामरती देवी महतो रहेका छन् ।

आँपको बगैंचा घुम्न गएकी महतोलाई वनमौरीको हुलले टोकेपछि बेहोस भएकी थिइन् । उनको धनगढीस्थित आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको स्थानीय प्रेम सिंहले जानकारी दिए ।

अस्पताल प्रशासनले गम्भीर अवस्थामा उपचारका लागि ल्याएकाले उपचार सम्भव नभएको जनाएको छ ।