प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

७ जनालाई भीमफेदी कारागार चलान

२०८१ असार १३, बुधबार ०८:४८ बजे

हेटौंडा - पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ति इलाकाबाट १३० किलो १५० ग्राम लागुऔषध गांजा सहित पक्राउ परेका ७ जनालाई पुर्पक्षको लागि भिमफेदी कारागार चलान गरिएको छ । 

मङ्लबार जिल्ला अदालत मकवानपुरले प्रतिबादीहरुलाई सिधा खान पाउने गरी पुर्पक्षको लागि भिमफेदी कारागार मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार कैलाश गाउपालिका वडा नं.४ धुसराङ बस्ने बर्ष २८ को बम बहादुर प्रजा, सोही स्थान बस्ने बर्ष ३१ को बिरमान प्रजा, बर्ष २७ को हरि कुमार प्रजा, बर्ष २१ को टिकाराम प्रजा, मनहरी-५ डिल्लीपुर बस्ने बर्ष ३६ को दिपक सारु मगर, मनहरी हाडिखोला बस्ने बर्ष ४४ को रामहरी लुईटेललाई थुनामा पठाएको हो । 

पक्राउ पर्दाको अवस्थामा नाबालक अनुमान गरी सांकेतिक नाम ३१(०८०।०८१-A९९) दिईएका बर्ष २० को सुरेश प्रजा भन्ने मंगल सिं चेपाङको हकमा २० हजार रुपैया धरौटी रकम खुलेकोमा उक्त धरौटी रकम बुझाउन नसक्दा उनलाई पनि पुर्पक्षको लागि पठाईएको प्रहरीले जनाएको छ ।