प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु

२०८१ भाद्र १८, मंगलबार ०६:२६ बजे

हेटौंडा – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, नेवारीपानीमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेका छन् ।

चितवनतर्फबाट हेटौंडा आउँदै गरेको वाप्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ गइरहेको बाप्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुवेदीको हेटौंडा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक चन्द्रप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।