प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पहिरोको कारण हेटौंडा–काठमाडौं सडक अवरुद्ध

२०७९ भाद्र २२, बुधबार ०४:२६ बजे

हेटौंडा – बर्षाको कारण खसेको पहिरोको कारण हेटौंडा–काठमाडौं सडक अवरुद्ध भएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका– ३ टेगरस्थित सडकखण्डमा पहिरो खस्दा हेटौडा–भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार पहिरो बुधबार बिहान ८ बजे खसेको थियो । उनले सडक खुलाउन पहिरो हटाउने काम भइरहेको बताए ।

फाइल तस्वीर