हेटौंडा – मकवानपुरमा बुधबार एकैदिन चार स्थानमा सवारी दुर्घटना भएको छ । जिल्लाको ईन्द्रसरोवर, हेटौंडा, थाहा र भिमफेदीमा सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा–कुलेखानी–काठमाण्डौ सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–२ बतासेमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज १९१४ नम्बरको सुमोले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ९८०९ नम्बरको मोटरसाइलकलाई ठक्कर दिदाँ एकैपरिवारका तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइलकमा सवार दोलखा घरभई हाल हेटौंडा उपमहानगरपालिका–१६ हटिया बस्ने २८ वर्षीय आकास खाती, उनको श्रीमती २८ वर्षीया सिता खाती र छोरा ९ वर्षीय असिम खाती रहेका छन् । घाइते तीनै जनाको उपचारको लागि काठमाडौं पठाईएको छ भने सुमो चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
धरान–चतरा सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१७ बाबुचोकमा हटियातर्फ आउँदै प्र.३–०२–००९प ८७५५ नम्बरको मोटरसाइकले ठक्कर दिदा जुम्ल्याहा दिदिबहिनीसहित तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय १४ वर्षीया अंसु बि.क, अंसुमा बि.क. र मोटरसाइकल चालक(नाम नखुलेको)रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुुसार जुम्ल्याहा दिदिबहिनीको चुरेहिल अस्पतालमा र चालकको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
त्यस्तै त्रिभुबन राजमार्ग अन्तर्गत थाहा नगरपालिका–१२ नौखण्डे नजिकै बा.प्र.०१–०२५प ६५०० नम्बरको पिकअप गाडीले बिपरित दिसाबाट आएको बा३३प २५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते भएको छन् । घाइते हुनेमा मोटरसाइकल चालक थाहा नगरपालिका–६ बज्रबाराहि बस्ने ६८ वर्षीय जेठा स्यान्ताङ रहेका छन् ।
उनको शरिरको बिभिन्न भागमा चोट र दाँया खुट्टामा चोट लगेकोले उपचारको लागि काठमाडौं पठाईएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।
भिमफेदी गाउँपालिका–६ जुरीखेतमा हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१प ८७४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घछना हुँदा दुई जना घाइते भएका छन् । मोटरसाइकल चालक चितवन खैरहनि नगरपालिका–१ बस्ने २५ वर्षीय रमेश सिमखडा र पछाडि सवार बस्ने २४ वर्षीय अनन्त राई घाइते भएका हुन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फाइनल तस्वीर
यो पनि पढ्नुस्