हेटौंडा – मकवानपुरको हेटौंडा उमपहानगरपालिका–१० बसपार्कस्थित एक होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–११ सरस्वती टोलकी ३० वर्षीया एलिसा न्यौपाने हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरलेले जनाएको छ ।
प्रहरीका अनुसार न्यौपाने होटलको कोठामा रगताम्मे अवस्थामा शव फेला परेकी हुन् । आइतबार अपरान्ह ४ बजेतिर उनी युवकसंग त्यस होटलमा पुगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
युवक भने बेलुका ८ बजेतिर नै कोठाबाट भागेका थिए । युवकले युवतीलाई २ वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान अबेरसम्म पनि उक्त कोठा नखुलेपछि होटलवालाले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् । फरार युवकको पहिचन खुलेको छैन ।
होटलमा युवकले आफ्नो नाम र मोबाइल नम्बर गलत लेखाएको देखिन आएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।