हेटौंडा – कान्तिलोकपथ हुँदै काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ५९४३ नम्बरको टाटा सुमोमाथि ढुंगा खस्दा एकजना महिला गम्भीर घाइते भएकी छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सोमबार दिउँसो गुडिरहेको टाटा सुमोमाथि ढुंगा खस्दा सर्लाही बरहथवा नगरपालिका–२ बस्ने ३६ बर्षीय सिता पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सुमोमाथि ढुंगा खस्दा सुमोको झ्यालको सिसा फुटेर पौडेलको टाउकोमा चोट लागेको हो । उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि सोही सुमोमा राखेर हेटौंडा अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ । सुमोमा चालक सहित १० जना सवार थिए ।