प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट पेस्तोल सहित घलान पक्राउ

२०७९ चैत्र २७, सोमबार ०२:४८ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–३, बसामाडीबाट पेस्तोल सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पदमपोखरी भोर्ले बस्ने अन्दाजी ४४ वर्षीय सुरेश घलान रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बसामाडीस्थित सरस्वरी पेट्रोलपम्म नजिक पैदल हिडिरहेको घलानलाई चेकजाँच उनले बोकेको झोलाबाट युएसए अटोमेटिक पेस्तोल (म्याग्जिन सहित, गोली नभएको) बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घलानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।