हेटौंडा – प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–७ नुहारथोकबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका–५ का ३४ वर्षीय सुजित मुल्मी,पोखरा महानगरपालिका–२ का ३१ वर्षीय रविन मगर र मकवानपुर बकैया गाउँपालिका–५ का ३१ वर्षीय बाबुराम मोक्तान रहेका छन् ।उनीहरु साथबाट लागुऔषध डाईजापाम ६५, फेनेरागन ६५, नुर्फिन ६५ एम्पुल गरी कुल १९५ एम्पुल, कालो छालाको दाप धारिलो हतियार १ थान र मोवाइल ४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दिन दश (१०) म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।