हेटौंडा – मकवापनुर प्रहरीले चोरीको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोमबार बागमती नगरपालिका–१ डाबडांडाबाट चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुली हरिहरपुरगढि गाँउपालिका–६ सन्कौवाटोल बस्ने बर्ष ४० को आईते सिं गोले र सर्लाही बागमती नगरपालिका–१ डाबडांडा बस्ने बर्ष १९ को रोशन घिसिङ रहेका छन् ।
प्रहरीका अनुसार उनिहरुको साथबाट ना २५ प ९२४५, ना ३८ प ७९७४ र नम्बर नखुलेको एनएस २०० सिसिको(च्यासिस नं. 02A36FY5LCK80202*, ईन्जिन नं. JLYCKJ92250)पल्सर मोटरसाइकल बरामद गरिएको छ । त्यस्तै प्रहरीले हेटौंडा–१ हेटौडा अस्पतालको गेटबाट अगाडी पछाडी फरक फरक नम्बर प्लेट भएको बा ४९ प १८११ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
प्रहरीका अनुसार गएको भदौमा हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीबाट स्थानीय सुदन गौतमको ना३८प ७९७४ र फागुन ४ गते मकवानपुर बागमती गाँउपालिका–८ फापरबारीबाट स्थानीय दिल बहादुर घिसिङको ना २५ प ९२४५ नम्बरको मोटरसाइकल आफ्नै घरबाट चोरी भयो ।
मोटरसाइकल चोरी भएपछि दिएको निवेदनको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । चोरीको मोटरसाइकल सहित दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।