हेटौंडा – निर्माणाधिन द्रुत मार्ग(फास्ट ट्र्याक) मा बुधबार ढुङ्गाले लागेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा द्रुत मार्गमा कार्यरत साईड ईन्चार्ज चिनिया नागरिक ४२ बर्षीय ल्यु ल्यान चुईङ रहेका छन् ।
द्रुत मार्ग अन्तर्गत मकवानपुरको बकैंया गाउँपालिका वडा नं.२ कैलेनीस्थित पुल निर्माणको काम भई रहेको अवस्थामा पहाडबाट खसेको ढुङगाले चिनिया नागरिकलाई लागेको थियो । गम्भीर घाइते भएका ल्युको बयोध्या अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।