प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा एक गोठमा आगलागी हुँदा राँगा, बाख्रा र कुखुरा जले, एक जना घाइते

२०८० बैशाख १०, आईतबार ०२:४० बजे

हेटौंडा – मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–४ छापमा एक गोठमा आगलागी हुँदा राँगा, बाख्रा र कुखुरा जलेर मरेका छन् भने एक जना घाइते भएका छन् ।

शनिबार दिउँसो स्थानीय अर्जुन भोलनको घर नजिकै जस्ताले छाएको कच्ची गोठमा एक्कासी आगोलागी हुँदा एक राँगा, तीन बाख्रा र तीन कुखुरा जलेर मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार गोठमा लागेको आगो निभाउने क्रममा भोलनकी श्रीमती ३२ वर्षीया हरिमाया डिमडुङको अनुहारमा आगोको रापले पोलेर सामान्य घाईते भएकी छन् ।

प्रहरीका आगोलागीबाट गोठ पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब दुई लाख बराबरको क्षती भएको प्रहरीको अनुमान छ भने आगोलागीको कारण खुलेको छैन ।