हेटौंडा – पर्साको वीरगंज महानगरपालिका–१६ रजतज्यन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय नबिन सुनुवार रहेका छन् ।
शुक्रबार बेलुका सुनुवारलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९७ मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।