प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर २ को समानुपातिक मतगणना सकियो, कसले कति मत पाए ?

२०७९ मंसिर ९, शुक्रबार १२:५१ बजे

हेटौंडा – प्रतिनिसधातर्फ मकवानपुर क्षेत्र नं.२ को समानुपातिक मतगणना सम्पन्न भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार खसेको ८६ हजार ३३८ मतमा सबैभन्दा बढी नेकपा एमालेले २८ हजार १९६ मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली कांग्रेस २१ हजार ५११, माओवादी केन्द्र १२ हजार ९९५, राष्ट्रिय स्वतन्त्र पार्टी ११ हजार २८२, राप्रपा ३ हजार २९ र नेकपा एकिकृत समाजवादीले २ हजार ५८० मत प्राप्त गरेको छ ।

खसेको मतमध्ये ८२ हजार २२४ सदर हुँदा ४ हजार ११४ मत बदर भएको जिल्लाको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

कसले कति मत पाए, हेर्नुहोस्