प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

२०८० माघ २३, मंगलबार १८:३५ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नं.८ एचआइडी गोट अगाडी मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पैदलयात्री ४५ बर्षीय यसोधा दाहाल रहेका छन् ।

रातोमाटेबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना. ६० प ८७८३ नम्बरको मोटरसाइकलले दाहाललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । घाइते उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।