प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा मयुरधापबाट लागुऔषध सहित ढुङ्गाना पक्राउ

२०८० असार ३, आईतबार १२:५७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ मयुरधापबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय रुपेश ढुङ्गाना रहेका छन् ।

शनिबार विहान बा.प्र.०२–०२३ प १३७२ नम्बरको मोटरसाइकलमा सवारलाई रोकेर चेकजाँच गर्दा ढुङ्गानाले बोकेको झोलाबाट २३३ बोतल लागूऔषध ओनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

उक्त लागूऔषध र मोटरसाइकल सहित ढुङ्गानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता काकीले बताए ।