हेटौंडा – बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू हुने अघिल्लो दिन अर्थात फागुन १ मा सोही विषयको परिक्षण प्रदर्शन भएको छ ।
यातायात व्यवस्था कार्यालय चावहिलको ट्रायल सेन्टरमा भएको परिक्षणमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठ, मुख्य सचिव मुकुन्दप्रसाद निरौला लगाएतले परिक्षणको स्थलगत अवलोकन गरेका छ्न ।
ट्रायलका वेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रचलन बढेपछि मन्त्री श्रेष्ठको पहलमा ७० प्रतिशत अङ्क आउदा पनि सवारी चालक अनुमती पत्रको सुरुवात हुने भएको हो ।
७० प्रतिशतको व्यवस्थापनले चालक अनुमतिपत्र प्राप्त गर्दा हुने झण्झटलाई न्यूनीकरण गर्ने मन्त्री श्रेष्ठको भनाइ छ । बागमती प्रदेशमा भोलि फागुन २ बाट उक्त ब्यबस्था लागू हुने छ ।