प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा श्रीमान-श्रीमती सवार मोटरसाइकललाई लहरीले ठक्कर दियो

२०८१ असार १५, शुक्रबार २०:२५ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ सुनाचुरीमा श्रीमान श्रीमती सवार मोटरसाइकललाई लहरीले ठक्कर दिएको छ ।

चितवनबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ प ००५८ नम्बरको लहरीले सोही दिशाबाट आउँदै गरेको ना.२८ प १३१८ नम्बरको मोटरसाइकललाई ओभरट्याक गर्ने क्रममा ठक्कर दिदा दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक हेटौडा–१६ बस्ने बर्ष–५९ को कर्णाखर गौतम र पछाडी सवार उनको श्रीमती बर्ष ४५ की अम्बिका देवि गौतम रहेकी छन् । दुबै घाईतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।