प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा दुई ट्रक ठोक्किदा जलेर नष्ट, दुईको अवस्था गम्भीर

२०८० असार २३, शनिबार ०१:३० बजे

हेटौंडा – मकवानपुरमा दुइ वटा ट्रक एकआपसमा ठोकिदा जलेर नष्ट भएको छ भने दुइजना गम्भिर घाइते भएका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ६ नयाबस्ती डिपाट गाउँमा दुइ वटा ट्रक ठोकिदा दुबै ट्रक जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए ।

कार्कीका अनुसार आज बिहान पौने २ बजे हेटौडा तर्फबाट चितवनतर्फ जादै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र बिपरीत दिशा तर्फबाट आउदै गरेको ना ६ ख ६३१ नंम्बरको ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुदा दुबै ट्रकमा आगलागी भएको हो ।

ट्रकमा सवार चितवन राप्ति नगरपालिका वडा नम्बर–३ बस्ने वर्षिय ३५ बिबेक तामाङ, ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ बस्ने ३२ वर्षिय अर्जुन कुमार प्रजा गम्भिर घाइते भएका छन् । उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

ट्रकमा लागेको आगो नियन्त्रणमा आएको छ भने अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।