हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङबाट अवैध लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–२ बस्ने २७ वर्षीय राजकुमार स्याङ्बो, २४ वर्षीय पलगु राजकुमार स्याङ्बो र २३ वर्षीय राम कुमार स्याङ्बो रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले उनीहरुलाई ५३ किलो ५९० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।
ग.२३ प ६४३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजकुमार र पलगुको साथबाट करिब ३५ किलो ८०० ग्राम गाँजा र बा.प्र.०३००५ प ८९८४ नम्बरको मोटरसाइकलमा सवार राम कुमारको साथबाट करिब १७ किलो ७९० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
गाँजा सहित तीनै जनालाई नियन्त्रण मकवानपुर जिल्ला अदालतबाट १२ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।