हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ बस्ने १९ वर्षीय सागर घिमिरे रहेका छन् ।
रातोमाटेस्थित चेक प्वाईन्टमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ग ३१५ नम्बरको ईलेक्ट्रोनिक माईक्रो गाडीमा सवार घिमिरेलाई विभिन्न प्रकारका लागुऔषध सहित पक्राउ गरिएको हो ।
घिमिरेको साथबाट लुप्रिन १०, डाईजोपाम १० र सुनारगन १० लागुऔषध बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।