प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा एक पुरुष आफ्नै घरमा मृत भेटिए

२०८१ जेठ ६, आईतबार २१:०५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपहानगरपालिका वडा नं.५ पिप्लेकुनामा एक पुरुष आफ्नै घरमा मृत भेटिएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार स्थानीय ५६ बर्षीय कुमार सिंह ठकुरी आफ्नै घरभित्र काठको बलोमा गलबन्दीको पासो लगाएर झुण्डिएको मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।