हेटौंडा – बार एशोसिएशन मकवानपुरको अध्यक्षमा अप्सरा बस्नेत चयन भएकी छन् । शनिबार सम्पन्न बारको साधारण सभाबाट बस्नेत निवर्तमान अध्यक्ष ऋषि केबीलाई ३ मतले पराजित गर्दै अध्यक्षमा चयन भएकी हुन् । बस्नेतले १३ मत प्राप्त गर्दा केबीले १० मत प्राप्त गरेका थिए ।
यस्तै बारको उपाध्यक्षमा जयराम सुवेदी चयन भएका छन् । सुवेदीले बुद्धि ढकाललाई ४ मतले पराजित गर्दै विजयी भएका हुन्। सुवेदीले १४ मत ल्याई विजयी हुँदा ढकालले १० मत प्राप्त गरेका थिए ।
बार सचिवमा कृष्ण प्रसाद छत्कुली र शान्ति माया मोक्तानले १२–१२ मत प्राप्त गरे । बराबरी मत प्राप्त भएपछि सहमतिकै आधारमा छल्कुली र मोक्तानले एक/एक बर्ष पालैपालो सचिव पद सम्भाल्ने छन् ।
बारको सह–सचिवमा रमिता चौलागाई र कोषाध्यक्षमा राधाकृष्ण मैनाली निर्विरोध चयन भएका छन् । सदस्यहरुमा पंकज अधिकारी, जगन्नाथ सुवेदी र दीपेन्द्र ढकाल चयन भएका छन् । त्यस्तै केन्द्रीय पार्षदमा अज्मिर केसी र उत्तम बस्नेत चयन भएका छन् ।