प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

‘द भ्वाइस अफ नेपाल’ को चाथो सिजनमा राजेशपायल र प्रविशाको इन्ट्री, दिप र तृष्णा बाहिर

२०७९ श्रावण १९, बिहीबार ११:४३ बजे

काठमाडौं – नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ ले चौथो सिजनका लागि प्रशिक्षक(कोच) परिवर्तन गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चौथो सिजनको कोचमा हेरफेर भएको जानकारी दिएको हो । 

सिजन वानदेखि मुख्य कोच रहँदै आएका वरिष्ठ गायक दीप श्रेष्ठ र गतवर्ष कोच रहेकी तृष्णा गुरुङ चौथो सिजनमा भने नरहने भएका छन् । उनीहरुको स्थानमा सट्टामा गायक राजेशपायल राई र गायिका प्रविशा अधिकारी नयाँ प्रशिक्षकमा रुपमा भित्रिने भएका छन् । राजु लामा र प्रमोद खरेलले भने यथावत् नै रहनेछन् ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘द भ्वाइस अफ नेपाल’ सिजन चारको डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्ये १२० प्रतिभाशालीहरुले ब्लाईन्ड अडिसनको लागी तयारी गरिरहेका छन् । यसपटकको अडिसनमा भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गर्ने नेपाली भाषी प्रतिभाहरुको पनि सहभागिता रहेको छ ।‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन एक महिनापछि प्रशारण हुन बताइएको छ ।