हेटौंडा – मकवानपुर जिल्ला शनिबारदेखि कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण मुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका हेटौंडा उपमहानगरपालिकाका ९, मनहरी र भिमफेदी गाउँपालिकाका एक–एक गरी ११ जना शनिबार सङ्क्रमणबाट मुक्त भएसँगै मकवानपुर जिल्ला कोरोनामुक्त भएको हो ।
कोरोना सङ्क्रमित भएको ११ जना निको भएको र शनिबार नयाँ सङ्क्रमित नभएपछि मकवानपुर कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला हालसम्म ६१ हजार ६२४ जनाको स्वाब परीक्षण गर्दा १७ हजार ८८० जनामा कोरोना भाइरसको सङ्कमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका मध्ये १७ हजार ८१० जना कोरोना सङ्क्रमणबाट मुक्त हुँदा १७१ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कोरोना सङ्क्रमण सबैभन्दा बढी हेटौंडा उपमहानगरका १२ हजार २४ जनालाई भएको थियो । मनहरीमा १ हजार ६६८, थाहा नगरमा १ हजार ६२५, भिमफेदीमा ७७२, मकवानपुरगढीमा ५६८, बकैंयामा ३११, बागमतीमा २८८, राक्सिराङमा २३८, कैलाशमा २३१ र इन्द्रसरोबरमा सबैभन्दा कम ९७ जनामा कोरोना पुष्टि भएको थियो ।
त्यस्तै कोरोनाबाट मुत्यु हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरका १२३ जना रहेका छन् । मनहरीका १४, थाहाका ९, भिमफेदीका ७, बकैया र मकवानपुरगढीका ५–५, बागमतीका ४, कैलाश र राक्सिराङका दुईदुईको मृत्यु हुँदा इन्द्रसरोबरमा एक जनाको मृत्यु नभएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।
हालसम्म जिल्लाका ३ लाख १३ हजार ९६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ती मध्ये २ लाख ८२ हजार ८४० जनाले पुर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कुन पालिका कति ब्यक्ती लगाए खोप ?
पहिलो मात्रामा लगाउने
हेटौंडा उमहानगरपालिका १ लाख ६५ हजार ७७ जना
थाहा नगरपालिका २७ हजार १३४ जना
मकवानपुरगढी गाउँपालिका १३ हजार ९९७ जना
बागमती गाउँपालिका १५ हजार ३२८ जना
कैलाश गाउँपालिका ११ हजार ५८५ जना
मनहरी गाउँपालिका २५ हजार ५५२ जना
इन्द्रसरोबर गाउँपालिका ८ हजार १२७ जना
भिमफेदी गाउँपालिका १७ हजार २३५ जना
बकैंया गाउँपालिका १९ हजार ४१६ जना
राक्सिराङ गाउँपालिका १० हजार ५०९ जना
पुर्ण मात्रामा खोप लगाउने
हेटौंडा उमहानगरपालिका १ लाख ४८ हजार ३१२ जना
थाहा नगरपालिका २३ हजार ६६८ जना
मकवानपुरगढी गाउँपालिका १४ हजार ११ जना
बागमती गाउँपालिका १७ हजार १५४ जना
कैलाश गाउँपालिका ११ हजार ७२३ जना
मनहरी गाउँपालिका २१ हजार ९८२ जना
इन्द्रसरोबर गाउँपालिका ६ हजार ६० जना
भिमफेदी गाउँपालिका १६ हजार १०० जना
बकैंया गाउँपालिका १० हजार ४२३ जना
राक्सिराङ गाउँपालिका १३ हजार ४०७ जना