हेटौंडा – नेपाल स्वयम्सेवी रक्तदाता समाज मकवानपुर शाखाले शनिबार बिहान हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।
रक्तदाता समाजको शाखा स्थापना भएपछि पहिलो कार्यक्रमको रुपमा रक्तदान गरिएको हो । बुद्धचोकमा भएको रक्तदानमा ६ जना मिहला सहित २८ जनाले रगत दिएको समाजका शाखा अध्यक्ष पूर्णप्रसाद अर्यालले जानकारी दिएका छन् । हेटौंडा–१० का वडाअध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।