प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरको मनहरीबाट गाँजा सहित दुई युवक पक्राउ

२०७९ आश्विन ३, सोमबार ०५:१९ बजे

हेटौंडा – मकवानपुर मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका–४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन् ।

शनिबार दिउँसो करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित यादव र साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।