हेटौंडा – अवैध सन्तानका रूपमा छोरी जन्माएर सिन्धुपाल्चोकको हेलम्बुमा एक शिशु अवस्थामै हत्या गरेको खुलेको छ ।
जिल्लामा हेलम्बु गाउँपालिका–५, कल्लेरी बस्ने प्रेम तामाङको श्रीमती २२ वर्षीया रबिना तामाङले अबैध रूपमा शिशु जन्माएर घाँटी थिचेर हत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
मुखमा हातले थुनेर हत्या गरी घरबाट अन्दाजी ५० मिटर दक्षिण सार्वजनिक खरबारीमा खाडल खनेर शिशुलाई पुरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले रबिना तामाङलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको छ ।