हेटौंडा – मकवापुरको हेटौंडा उपमहागरपालिका वडा नं. १० बसपार्कबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१ बस्ने अन्दाजी १८ वर्षीय सुनिल साह र वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने अन्दाजी २० वर्षीय मोहमद ईमरान मन्सुर रहेका छन् ।
वीरगञ्जबाट नारायणगढतर्फ जान आउँदै गरेको ना. ६ ख ८९३७ नम्बरको यात्रुबाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा बसमा सवार साह र मन्सुरलाई लागुऔषध सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले झोलाभित्र लुकाई छिपाई ल्याएको लागुऔधष डाईजेपाम १९९, फिनारगन १९५ र नुरफिन १९० ऐम्पुल वरामद गरिएको हो । यस घटनामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।