हेटौंडा – हेटौंडा उपमहानगरपालिका समेतमा बुझाईएको ज्ञापनपत्र कार्यान्वयन गराउन राप्रपाले भोली शुक्रबार राँके जुलुस आयोजना गर्ने भएको छ ।
हेटौंडा उपमहानगरपालिकालाई बुझाईएको ६ बुँदे ज्ञापनपत्रका मागहरु हुप्रचौरमा बन्ने भवन, हेटौंडा अस्पताल समेतको बिषयमा माग पूरा गर्न दवाब दिन १७ गते शुक्रबार बेलुका शान्तिपूर्ण राके जुलुस आयोजना गर्न लागिएको राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापाले जानकारी दिए ।
त्यस्तै राप्रपाले देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र नेपाल सरकारलाई बुझाईएको ज्ञापन पत्रमा उल्लेखित मूल्य बृद्विमागहरुको कार्यान्वयन गराउन, पुर्व पदाधिकारीहरुको सेवा सुविधाको बिरोध मकवानपुरसहित ७७ जिल्लामा एकैसाथ राँके जुलुस हुन लागेको थापाले बताए । आफुहरुको माग पुरा नभए चरणबद्व आन्दोलनको घोषणा गर्ने उनले बताए ।